जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे हाे। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँको तोकिएको छ । यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिँदा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा संस्थाको केन्द्रिय कार्यालय मोरङको कटहरी–२ मा आवेदन दिन सक्नेछन् ।