रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुँदै

रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । 

आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बीमकको वित्तीय दायीत्व बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।