काठमाडौं – जेनजी आन्दोलनमा काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआईजी)बढुवामा छुटेका छन् । २०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए। तर एसएसपीबाट डिआईजीमा बढुवा हुने क्रममा पहिलो नम्बरमा नै रहेका अधिकारी छुटेका हुन्।
उनीसँगै एसएसपीमा बढुवा भएका दोस्रो वरियताका भुपेन्द्र बहादुर खत्रीका साथै, एसएसपीहरू सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डिआइजी बढुवामा सिफारिस भएका हुन् ।
त्यस्तै, जेनजी आन्दोलनमा घटेका घटनाको छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा उनलाई छुटाइएको छ। जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख रहेका उनलाई हेडक्वाटर फिर्ता गरेर एसएसपी रमेश थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। अधिकारीले २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनले २०५६ मा प्रहरी निरीक्षकमा नाम निकालेका थिए।
प्रहरी संगठनभित्रका अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिँदै आएका उनलाई जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको सरोकारवाला निकाय बताउँछन् ।





About Us
प्रतिक्रिया