सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा १३ हजार ६ सयले घट्यो

आज २ हजार रुपैयाँले घट्याे


काठमाडौं – नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । आज सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्य आइतबार तोलामा ११ हजार ६०० रुपैयाँले घटेको थियो। यो २ दिनमा सुनको मूल्यतोलामा १३ हजार ६०० रुपैयाँले घटेको छ । यस्तै, चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ कायम भएको छ।