काठमाडौं – नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन् । हाल रिक्त रहेको ४ वटा दुई दिनपछि रिक्त हुने एक डिआइजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्र बहादुर खत्री रहेका छन् । साथै, एसएसपीहरू सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवनिनारायण काफ्ले डिआइजी बढुवामा सिफारिस भएका हुन् ।






About Us
प्रतिक्रिया