पहिलो तीन महिनामा नेपालले आयात गर्यो ११८ वटा एटीएम मेसिन


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले ११८ वटा एटीएम मेसिन आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ११८ वटा एटीएम मेसिन नेपाल भित्रिएको हो ।

नेपालले ५३ लाख बराबरको एटीएम मेसिन आयात गरेको हो । यस्तै, असोजसम्ममा नेपालले ४६७ वटा रकम गणना गर्ने मेसिन आयात गरेको छ । नेपालले ९१ लाख बराबरको ४६७ वटा रकम गणना गर्ने मेसिन आयात गरेको हो ।