काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ५.१९अंकले बढेर २५ सय ९ दशमलव ४ को बिन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३१३ कम्पनीको ५५ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ३९ लाख रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै तारागाँउ रिजेन्सीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले ७।१६ प्रतिशतका दरले गुमाएका छन्।





About Us
प्रतिक्रिया