काठमाडौं – चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा ६०० किलोग्राम सुन आयात भएको हो ।
यो गत वर्षको यही अवधिको तुलनामा उल्लेख्यमात्रामा बढी हो । गत वर्षको यही अवधिमा १०० किलोग्राम मात्रै सुन आयात भएको थियो । विभागको तथ्यांकअनुसार यस अवधिमा सुन आयातमा नेपालबाट १० अर्ब २५ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा नेपालीले सुनमा लगानी बढाउँदै लगेका छन् । यससँगै, सुनको आयात निरन्तर बढ्न थालेको छ । बजार माग बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा समेत बढाएको छ । यसअघि दैनिक २० किलोग्राम मात्रै ल्याउन पाउने सुनको आयात बढाएर केन्द्रीय बैंकले २५ किलोग्राम पुर्याएको छ ।





About Us
प्रतिक्रिया