काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाश भएका छन्। २०५७ असार १ गते अधिकृतको रूपमा राष्ट्र बैंक प्रवेश गरेका भट्ट गत बिहीबारदेखि अनिवार्य अवकाश भएका हुन्।
राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोहि व्यवस्थाका आधारमा उनले कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरेर अवकाश पाएका हुन् ।
उनले राष्ट्र बैंकमा रहँदा बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, आर्थिक अनुसन्धान, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागको भूमिकामा रहेर काम गरेका थिए ।






About Us
प्रतिक्रिया