बैंकिङ्ग समाचार, काठमाडौं ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ प्रतिशत नाफा बढाएको हो ।
समिक्षा अवधिमा कम्पनीले २६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १२ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५२ प्रतिशतले बृद्धि भएको हो ।
गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३२ प्रतिशत बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३८ करोड ४९ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ १२ पैसा रहेको छ । पिइ अनुपात ४३।५८ गुणा रहेको छ ।
प्रतिक्रिया