सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३६ करोड माथि,चुक्ता पुँजी बाहेकका सबै सूचांकमा गिरावट

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३६ करोड माथि,चुक्ता पुँजी बाहेकका सबै सूचांकमा गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ को चुक्ता पुँजी बाहेकका सबै सूचांकमा गिरावट आएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । 

समिक्षा अवधिमा कम्पनीले ३६ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य बढी हो । 

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८९ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ७५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

कम्पनीको समग्र व्यवसाय दर्शाउने कूल बीमा शुल्क आम्दानी उच्च अंकले गिरावट आएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवमा दुई कम्पनी मिलेर आर्जन गरेको चार अर्ब ७२ करोड कूल बीमा शुल्क मर्जर पश्चात बनेको कम्पनीले जम्मा दुई अर्ब ७८ करोडमा सीमित भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क ४१.०९ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा रहेको छ । पिइ अनुपात ४१.३१ गुणा रहेको छ ।