ऐतिहासिक बिन्दुबाट ओर्लियो सुनको मूल्य, एकै दिन ११ हजार ६ सय रुपैयाँ घट्यो


काठमाडौं – तिहार बिदापछि आज आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्यप्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा गत साता आएको अप्रत्यासित गिरावटपछि आज नेपाली बजारमा उल्लेख्य मात्रामा घट्दै २ लाख ४१ हजार रुपैयाँमा आएको हो ।

यसअघिको कारोबार दिनमा सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यो एक तोलामा आएको ११ हजार ६०० रुपैयाँको गिरावट हो ।

यसैगरी चाँदी पछिल्लो कारोबार दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो