बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ४२ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।
कम्पनीले गत आर्थिक वर्ष ५ अर्ब ४५ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७२ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीको खुद दाबी भुक्तानी गत आिर्थक बर्षको तुलनामा ५ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड रुपैयाँको पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।
समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४ दशमलव ४६ प्रतिशतले घट्दै असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ५ अर्ब ७२ करोड थियो ।
प्रतिक्रिया