बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १० करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको लगानी, कर्जा तथा अन्य आय बापतको आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षमा ६४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी गत आवमा १८ प्रतिशतले घटेर ५२ करोड ८७ लाख रुपैयाँमा सीमित रहेको प्रकाशित विवरणले देखाएको छ
त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च ५० प्रतिशतले घटेर ८४ करोड ५४ लाखबाट ४१ करोड ८१ लाख रुपैयाँमा झरेको छ । मर्जरपछि कर्मचारी कटौति, शाखा बन्द जस्ता कारणले व्यवस्थापन खर्च घटेको हो । जसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको देखिएको छ ।
कम्पनीको मुनाफा ३६।९६ प्रतिशतले घटेर १६ करोड ६६ लाख रुपैयाँबाट १० करोड ५० लाख रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या बढेर ३ लाख ८६ हजार २०९ बाट बढेर ४ लाख ५८ हजार ४६६ ७५६ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा र प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ०७ पैसा रहेको छ ।
प्रतिक्रिया