बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको खुद बीमा दाबी भुक्तानी भने १४ प्रतिशतले घटेर ४ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँमा सिमित राखेको छ।
समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ७५ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ६३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ६७ करोड ०४ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष ४९ करोड ९८ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको छ ।
प्रतिक्रिया