बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
नेपाल पुनर्बीमा कम्पनीले प्रकाशन गरेको सूचना अनुसार बीमकको संस्थापक शेयर कारोबार खरिद बिक्री सम्बन्धी निर्देशिका २०७७ को दफा ११ को उपदफा १ बमोजिम विद्यमान संस्थापक शेयरधनीलाई बोलकबोलको आधारमा बिक्री गरिनेछ। उक्त शेयर प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । पुनर्बीमा कम्पनीले इच्छुक संस्थापकलाई ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालयमा पेश गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया