फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। 

योसँगै प्रतितोला छापावाल सुन २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ७५ रुपैयाँले घटेर चाँदी ३ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।