काठमाडौं – यस वर्षको तिहारका लागी नेपाल राष्ट्र बैंकले ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत साताको शुक्रबारसम्ममा ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको हो ।
राष्ट्र बैंकले हरेक वर्षको तिहारलक्षित सुन र चाँदीका असर्फी बिक्री गर्दै आइरहेको छ । तर, यसवर्ष भने सुनका सिक्का नबेचेर चाँदीका मात्रै सिक्का बेचेको हो । सुनको मूल्य बढ्दा हरेक वर्षको तिहारमा बेच्दै आएको सुनका असर्फी यसवर्ष भने बिक्री नगरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले गत ४१ हजार वटा चाँदीका सिक्का बिक्री भएको बताएका हुन् । असोज २६ गतेदेखि चाँदीको सिक्का बिक्री सुरु भएको थियो । राष्ट्र बैंकले यस वर्षको तिहारमा चाँदीका सिक्कामा लक्ष्मी, गणेश, गजलक्ष्मी, गाई अंकित रहेको १० ग्रामको बिक्री गरेको हो ।






About Us
प्रतिक्रिया