बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावरले लिलामी मार्फत विक्री गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाले साउन २२ गतेदेखि लिलामीमा विक्री गरेको थियो ।
उक्त शेयरमा न्युनतम १ सय कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ ।
शेयरमा आज साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । लगानीकर्ताले १०० कित्ता न्यूनतममा आवेदन दिन सक्नेछन भने अधिकतममा कुनै सिमा तोकिएको छैन ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया