बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको साहै अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २० अर्ब ३५ करोड थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कोष ३२ प्रतिशतले बृद्धि भएको हो । महाविपत्ती कोषमा ३२ करोड ५७ लाख रुपैयाँ रहेको छ । मर्जरपछि कम्पनी झन बलियो हुँदै जगेडा कोषमा संचिती ७२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीको अभिकर्ता कमिशन १६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा अभिकर्ता कमिशनमा ९१ करोड ६६ लाख खर्चिएको कम्पनीले यस समिक्षा अवधिमा ७६ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने किताबी मुल्य १६१ रुपैयाँ ८४ पैसा रहेको छ ।
कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या पाँच लाख ४४ हजार ८१९ बाट बढेर ११ लाख ३० हजार ५७५ पुगेको छ । कूल चुक्ता पुँजि चार अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०।१३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७८४।८२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया