नेशनल इन्स्योरेन्सको नाफा २० करोड रुपैयाँ, खुद बीमा शुल्क ४० प्रतिशत बढ्यो

नेशनल इन्स्योरेन्सको नाफा २० करोड रुपैयाँ, खुद बीमा शुल्क ४० प्रतिशत बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २० करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी १२ करोड ५६ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

त्यस्तै कम्पनीको बीमा कोष ९ दशमलव ३४ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब ८ करोड रुपैयाँ थियो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४० प्रतिशत बढेर ६४ करोड ३ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ६ं५ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ र बीमा कोष ९।३४ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन १२।४६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क