प्रतितोला ४ हजार ८ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको थियो । यो मूल्य हालसम्मकै उच्च थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी ७५ रुपैयाँले नै बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।