बैंकिङ्ग समाचाार, काठमाडौं ।
निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनीले नै यस बर्ष पनि अग्रस्थान ओग्ट्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएकोछ । दोस्रोमा सगरमाथा लम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४२ करोड ६८ लाख कुल बमिा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, युनाईटेड इन्स्योरेनस कम्पनीले ३ अर्ब ४१ रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ३ अर्ब ३८ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४९ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ।
असार महिनाको कुल बीमा शुल्क
नेपाल बीमा प्राधिकरणका अनुसार यी कम्पनीहरुले असार एक महिनामा मात्रै २ लाख ५५ हजार ९७ वटा बमिा पोलिसी विक्री गरी ४ अर्ब १ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार असार महिनामा मात्रै सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले यस अवधिमा ५५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले ४९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४० करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड १६ लाख, सानिमा जिआइसीले २७ करोड ६२ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २७ करोड २२ लाख, एनएलजी इन्स्योरेन्सले २५ करोड ७१ लाख, नेको इन्स्योरेन्सले २५ करोड २९ लाख बीमा शुल्क आर्जन गरेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी प्रभु इन्स्योरेन्सले २५ करोड १० लाख, ओरिएण्टल इन्स्योरेन्सले २५ करोड ८ लाख, नेपाल इन्स्योरेन्सले १७ करोड ५५ लाख, नेशनल इन्स्योरेन्सले ११ करोड १३ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
प्रतिक्रिया