काठमाडौं – प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले ७०औँ प्रहरी दिवस २०८२ का अवसरमा शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न सहयोगीहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङले विशेष बढुवा प्राप्त गर्ने प्रहरी वृत्त महाराजगंज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवलदार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरे।
राष्ट्र र प्रहरी संगठनको मान, प्रतिष्ठा र गौरव बढाउनुका साथै कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा सिफारिस गरिएको थियो । सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबी घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवलदार कुमार बस्नेतलाई प्रशंसा पत्र प्रदान गरे ।
साथै, उनले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसा पत्र प्रदान गरे ।
प्रहरी महानिरीक्षक खापुङले उत्कृष्ट विपद् व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवलदार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेर बहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवलदार दिपक राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
यसैगरी प्रहरी महानिरीक्षक खापुङले उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा.आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवलदार भरत कुँवर र प्रहरी सहायक हवलदार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
यसैगरी उत्कृष्ट प्रहरी खेल प्रशिक्षक–खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मान पत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । साथै नेपाल प्रहरी स्मारक गुठिका २ जना आजीवन सदस्यहरूलाई उनले कदरपत्र प्रदान गरे । यसैगरी प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीको काम, कारबाही तथा अनुसन्धानमा सहयोग पुर्याउने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे ।
साथै, उनले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे । साथै उनले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने मोरङ विराटनगर महानगरपालिका–६ का तोरण कार्की र धनकुटा पाख्रिवास– ८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गरे । यसैगरी उनले नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्त्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गरे।पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि नै कानुनी राज्यको मान्यता अनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको बताए ।






About Us
प्रतिक्रिया