काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारको भाइटीकाको दिन बाहेक तिहार बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै भाइटीकाको दिन बाहेक अन्य दिन बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अर्थ मन्त्रालय, भन्सार विभागको पत्रबाट व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न अनुरोध भएबमोजिम तिहारको भाइटीकाको दिन बाहेक तिहार बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।






About Us
प्रतिक्रिया