नेपाल लाइफले कमायो ६७ करोडभन्दा बढी नाफा

नेपाल लाइफले कमायो ६७ करोडभन्दा बढी नाफा


बैंकिङ्ग समाचार,काठमाडौं ।
गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।  अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो । 

यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाा रहेकोछ । कम्पनीको जगेडा तथा कोषको आकार पनि थप बमबुत देखिएको छ। कम्पनीले यस्तो कोषको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।

यस अवधिमा पुनरबिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ