काठमाडौं – यो साता शेयर बजारमा भारी रकमको गिरावट देखिएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ९४.९९ अंक घटेको छ । यस साता शेयर बजार उच्च अंकले घटेसँगै यसको असर कारोबार रकममा समेत परेको छ। यस साताभरि भएको ५ कारोबारमा १ दिन बजार बढ्दा भने ४ दिन भने घट्याे ।
यससँगै, साताभरमा २० अर्ब माथिको शेयर कारोबार भएको छ। साताभरको शेयर कारोबारको विवरणअनुसार आइतबार नेप्से ७८.८३ अंकले घटेर २५ सय ३ दशमलव ३५ को विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, सोमबार भने बजार ४४.२५ अंकले वृद्धि हुँदै बजार २५ सय ४७ दशमलव ६० को विन्दुमा पुगेर बन्द भएको हो । त्यसैगरी साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से १९.४३ अंकले घटेर २५ सय २८ दशमलव १६ विन्दुमा कायम भएको थियो ।
त्यसैगरी, साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार पुनः ओरालो लागेर २२.२८ अंकको गिरावट सहित बजार २५ सय ५ दशमलव ५८ को विन्दुमा बन्द भएको थियो । साथै, साताको अन्तिम कारोबारको दिन बिहीबार बजार फेरि पनि ओरालो बाटो लागेर १८.४० को गिरावट आएको थियो । यससँगै सूचक २५ सयबाट घटेर २४ सय ८७ दशमलव १७ को बिन्दुमा बन्द भएको थियो।
कुन दिन कति भयो कारोबार ?
यो साताभर नेप्सेमा उच्च अंकको गिरावट आएसँगै कारोबार रकम घटेर २० अर्बमा सीमित भएको छ । आइतबार ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार कारोबार रकम करिब २ अर्ब रुपैयाँले घटेर ४ अर्ब ६० करोडमा सीमित भएको थियो । त्यस्तै, साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार कारोबार रकम १ अर्ब रुपैयाँले घटेर ३ अर्ब रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी, साताको चौथो कारोबारको दिन बुधबार समेत कारोबार रकम ३ अर्ब रुपैयाँ शेयर कारोबार गरेको थियो । त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बिहीबार पनि ३ अर्ब रुपैयाँ आसपासको शेयर कारोबार भएको छ। यसरी, साताभरको ५ कारोबारको दिन नेप्सेमा १ दिन बाहेक बाँकीका ४ दिन ५ अर्ब भन्दा कमको शेयर कारोबार भएको छ । यस साताभरको कारोबारमा दैनिक कारोबार रकम भन्दा पनि कम कारोबार भएको तथ्याङ्ले देखाउँछ।





About Us
प्रतिक्रिया