काठमाडौं । असोज १८ गतेदेखि सुरु भएको अविरल वर्षा र बाढी तथा पहिरोबाट क्षती भएको भन्दै ३ अर्ब २६ करोड रुपैयाँ दाबी परेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार ३ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको हो ।
कूल ७०४ वटा बीमा दाबी परेको छ । जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा दाबी परेको छ । यो कम्पनीमा ६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ । र, ५४ वटा दाबीबाट यो रकम बराबरको क्षती दाबी परेको प्राधिकरणले जनाएको छ ।
यस्तै, सिद्धार्थ प्रिमियरमा ५ करोड ६४ लाख रुपैयाँ बराबरको ६८ वटा बीमा दाबी परेको छ । यता एनएलजीमा ५ करोड ४७ लाख रुपैयाँ बराबरको ४३ वटा बीमा दाबी परेको छ भने हिमालयन एभरेष्टमा ३ करोड ७० लाख रुपैयाँभन्दा बढीको ३७ वटा दाबी परेको छ ।
बाढी र पहिरोमा परेर भएको क्षतीको दाबी १५ वटा बीमा कम्पनीमा परेको प्राधिकरणले जनाएको छ ।






About Us
प्रतिक्रिया