काठमाडौं – ७०औँ नेपाल प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई सम्मान गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) भण्डारीले वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा सम्मान प्राप्त गरेका हुन् । उनले विभिन्न जटिल र उच्च–प्रोफाइल आपराधिक मुद्दाहरू सफलतापूर्वक समाधान गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान दिएका छन् । त्यसैले गर्दा उनी आज सम्मानित भएका हुन् । हाल उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्






About Us
प्रतिक्रिया