स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रस्तावित नगद लाभांश घोषणा गर्यो


काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो आर्थिक वर्ष ०८१/८२ का लागि नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको ४७६ औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू स्वीकृत गरेको छ र हरेक शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश (प्रति शेयर १९ रुपैयाँ, करसहित) दिने प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

तर, यो लाभांश अन्तिम रूपमा नेपाल राष्ट्र बैंकको अनुमति र बैंकको वार्षिक साधारण सभाको स्वीकृति पछि मात्र कार्यान्वयन हुनेछ। बैंकले यस निर्णयको जानकारी शेयरधनी र सम्बन्धित निकायका लागि पठाएको छ।