काठमाडौं – सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो।
हिजो सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।





About Us
प्रतिक्रिया