जीवन बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन १ खर्ब ४२ अर्ब माथि,नेपाल लाइफ अग्रस्थानमा

जीवन बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन १ खर्ब ४२ अर्ब माथि,नेपाल लाइफ अग्रस्थानमा


बैंकिङ्ग समाचशकाठमाण्डौ । 
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ४१ लाख ३७ हजार १०२ वटा बीमालेख जारी गरी कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १५ जीवन बीमा कम्पनीले झन्डै साढे १ खर्ब प्रिमियम कलेक्सन गरेका हुन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा २.६४ प्रतिशतले मात्रै बढी हो। 

यस त्रैमासम्मा अग्रस्थामा नेपाल लाइफ रहेको छ। कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
तेस्रोमा नेशनल लाइफ रहेको छ ।नेसनल लाइफले एलआईसी नेपाललाई पच्छ्याउँदै   १४ अर्ब ९४ करोडमाथिक प्रिमियम कलेक्सन गरेको छ। 

त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यसैगरि, एशियन लाइफले ७ अर्ब १ करोड, ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने  सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । 

बीमा प्राधिकरणको तथ्यांक अनुसार सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै,  आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख र महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।