काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से २३.५९ अंकले घटेर २४ सय ८१ दशमलव ९८ को बिन्दुमा कायम भएको छ ।
आज ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३०९ कम्पनीको ७५ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.७९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले गुमाएका छन् ।






About Us
प्रतिक्रिया