एजेन्सी – भारतका तेल प्रशोधक कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि रुसबाट तेल किन्नेक्रम घटाउन थालेका छन् । समाचार संस्था इकोनोमिक टाइम्सकाअनुसार कच्चा तेल प्रशोधन गर्ने कम्पनीहरुले रुसबाट तेल खरिदलाई सुस्त बनाएको उल्लेख गरेको हो ।
संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि नयाँ देल्लीलाई रुसबाट तेल खरिद बन्द गर्न दबाब दिँदै आइरहेको थियो । तर, भारतले नमानेपछि ट्रम्पले भारतमाथि २५ प्रतिशत कर बढाएका थिए । जससँगै, भारतीय सामाग्रीलाई अमेरिकामा निर्यात गर्दा ५० प्रतिशत भन्सार शूल्क तिर्नुपर्ने थियो ।
त्यसयता भारतले कुनै पनि प्रतिक्रिया दिएको थिएन । सामाजिक सञ्जालमा र अन्यमाध्यमबाट समेत प्रतिक्रिया नदिएरै भारतले रुसबाट तेल किन्दै आइरहेको थियो । तर, ट्रम्पले एकाएक बुधबार भारतले रुसबाट कच्चा तेल नकिन्ने आश्वासन दिएको बताए ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै भारतले रुसबाट तेल नकिन्ने दाबी गरे । यो दाबीसँगै भारतीय तेल प्रशोधक कम्पनीहरुले खरिद प्रक्रियालाई सुस्त बनाएको इनोनोमिक टाइम्सले जनाएको हो ।






About Us
प्रतिक्रिया