नियन्त्रणमूखी नीतिका बाबजुद रोकिएन तिहारमा पटका भित्रिने क्रम, प्रत्येक वर्ष लाखौंका अवैध पटका नियन्त्रण गर्छ प्रहरी


काठमाडौं – नेपाली हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा अवैध तरिकाले पटका भित्र्याउने क्रम बढेको छ । तिहारलाई उज्यालोको पर्वका रूपमा मनाउने गरिन्छ । औँसीको रातलाई उज्यालो पार्न दियो र झिलिमिली बत्ती बाल्ने परम्परा हो । पटकाजन्य विस्फोटक पदार्थहरूको प्रयोग हुने गरेको छ । 

पछिल्ला दिनहरूमा मुलुकका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयबाट खटिएका प्रहरीका टोलीले दिनहुँ जसो वृहत् संख्यामा पटका बरामद गरिरहेका छन् । प्रहरी कार्यालयहरूले पटक–पटक पटकाजन्य पदार्थ नपड्काउन अनुरोध गर्दै सूचना जारी गरे पनि यस्ता वस्तुको अवैध किनबेच र प्रयोग रोक्न सकिएको छैन । 

प्रहरीका अनुसार पटका पड्काउनु अत्यन्त खतरापूर्ण काम हो। रमाइलोका नाममा पटका बाल्दा आगलागी, शारीरिक चोटपटक र दृष्टि गुम्ने जस्ता दुर्घटना हुने जोखिम हुन्छ। विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै भनेका छन् । त्यसैले सुरक्षा निकायले सीमावर्ती नाकाहरूमा विशेष चेकजाँच गर्ने, बजार क्षेत्र तथा अनलाइन माध्यमबाट हुने अवैध कारोबारमाथि निगरानी बढाएको छ । 

पटकाजन्य पदार्थको ओसारपसार, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएता पनि तिहार सुरु भएसँगै पटकाहरू भित्रने क्रम बढ्ने गरेको छ । विशेष गरी तिहारलाई लक्षित गर्दै सुरक्षा निकायहरूलाई सघन अनुगमन र नियन्त्रणका लागि निर्देशन दिइने गत वर्षहरूमा चेतावनी र निगरानीका बाबजुद विभिन्न सहरहरूमा पटका पड्काउने र बेचबिखन गर्ने कार्य बढ्दै गएको सरोकारवाला बताउँछन् ।   

तिहारमा पटकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी सरकारले बन्देज लगाएको छ । तर, विभिन्न स्थानमा अवैध रूपमा पटका किनबेच र पड्काउने कार्य गर्नेहरू पक्राउ पर्ने थालेका छन् । प्रहरीले यस्ता गतिविधि रोक्नका लागि निगरानी बढाएको जनाएको छ ।

प्रहरीका अनुसार पटका पड्काउनु अत्यन्त खतरापूर्ण काम हो। रमाइलोका नाममा पटका बाल्दा आगलागी, शारीरिक चोटपटक र दृष्टि गुम्ने जस्ता दुर्घटना हुने जोखिम हुन्छ। विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै भनेका छन् । त्यसैले सुरक्षा निकायले सीमावर्ती नाकाहरूमा विशेष चेकजाँच गर्ने, बजार क्षेत्र तथा अनलाइन माध्यमबाट हुने अवैध कारोबारमाथि निगरानी बढाएको छ । 

तिहार नजिकिँदै जाँदा देशभर पटका, फुलझडी, बमजस्ता विस्फोटक वस्तुहरूको खरिद–बिक्री तथा प्रयोगमा प्रहरी प्रशासनले कडाइ गरेको छ । तर भारतबाट लुकाइ छिपाइ ल्याइएका पटकाहरू देशभरका विभिन्न स्थानबाट बरामद हुन थालेको छ । तिहारको समयमा पटका प्रयोगका कारण हुने आगलागी, शारीरिक चोटपटक, जनधनको क्षति तथा वातावरण प्रदूषणका जोखिम बढ्ने भएकाले यस वर्ष प्रहरीले विशेष अभियानमार्फत नियन्त्रण कार्य अघि बढाएको हो ।

तिहारमा पटकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी सरकारले बन्देज लगाएको छ । तर, विभिन्न स्थानमा अवैध रूपमा पटका किनबेच र पड्काउने कार्य गर्नेहरू पक्राउ पर्ने थालेका छन् । प्रहरीले यस्ता गतिविधि रोक्नका लागि निगरानी बढाएको जनाएको छ । प्रहरीका अनुसार, पटका पड्काउनु अत्यन्त खतरापूर्ण काम हो। रमाइलोका नाममा पटका बाल्दा आगलागी, शारीरिक चोटपटक र दृष्टि गुम्ने जस्ता दुर्घटना हुने जोखिम हुन्छ । विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै भनेका छन् ।

प्रहरीले पटका उत्पादन, भण्डारण, बिक्री र प्रयोग सबै कानुनविरुद्ध रहेको स्मरण गराउँदै, यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ । साथै, अभिभावकलाई बालबालिकालाई पटका प्रयोग गर्न नदिन आग्रह गरिएको छ। प्रहरीका अनुसार, जनसहयोग बिना यस्तो अवैध कारोबार रोक्न कठिन हुने भएकाले नागरिकले पनि नजिकको प्रहरी कार्यालयमा सूचित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रहरीका अनुसार सीमावर्ती नाकाहरूमा विशेष चेकजाँच कडा पारिएको छ। नेपाल–भारत सीमाबाट चोरी–पैठारी गरी ल्याइने पटका तथा अन्य प्रतिबन्धित वस्तुहरू नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै निकाय सक्रिय छन् ।  साथै, बजार क्षेत्रमा निरीक्षण बढाइएको छ । प्रहरीको तथ्यांक अनुसार, प्रत्येक वर्षको तिहार अवधिमा लाखौँको पटका बरामद हुने गरेको छ। गत वर्षहरूमा जस्तै यस वर्षको पनि तिहार सुरु भएसँगै पटकाहरू बरामद हुने क्रम सुरु भैसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालका अनुसार ठुलो मात्रामा नै पटका बेच्ने तस्करी नै गर्ने नियति राख्नेलाई विस्फोटक पदार्थ ऐन अनुसार मुद्दा चलाइने गरिन्छ । तर, सामान्य हालका पटकाहरू प्रयोग गरेको खरिद–बिक्री गरिएको पाइएमा उनीहरूलाई पक्राउ गरी सम्झाई बुझाइ गर्ने गरिएको उनी बताउँछन् । 

प्रवक्ता खनालले भने,‘तिहार खुसी र उज्यालोको पर्व हो। तर, पटका र विस्फोटक वस्तुको प्रयोगले त्यो खुसीलाई दुख र दुर्घटनामा रूपान्तरण गर्ने सम्भावना हुन्छ । त्यसैले सबै नागरिकले जिम्मेवारी पूर्वक व्यवहार गर्न आवश्यक छ ।’ त्यस्तै, आतिशबाजी वा पटका पड्काउने कार्य मुलुकी अपराध संहिता, २०७४ अनुसार तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने  जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । 

प्रहरीका अनुसार गत असोज २७ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले ठुलो मात्रामा पटका बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट बबईका अनुसार पाँच जनाको प्रहरी टोलीले नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेका यात्रुवाहक र मालवाहक सवारीसाधनहरूमा नियमित चेकजाँच गर्दै गर्दा ठुला पटका १०० थान र साना पटका ८०० थान बरामद गरेको हो। 

बरामद गरिएका पटका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रहरूबाट साना सवारी साधनमार्फत पटका लुकाई छिपाइ ल्याउने क्रम बढेको भन्दै नागरिकलाई सजग रहन आग्रह गरेको छ । यस्तै, गत असोज २६ गते कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई प्रहरीले करिब २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका सहित पक्राउ गरेको छ। प्रहरीका अनुसार भारतबाट अवैध रूपमा पटका ल्याएर स्थानीय बजारमा बिक्री वितरण गर्ने तयारीमा रहेको सूचनाको आधारमा निगरानी गर्दा उनलाई पक्राउ गरिएको थियो । 

साथै, गत वर्षको तिहार अवधिमा देशभरबाट १२ लाख ४१  हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो । गत वर्षको तिहार अवधिमा प्रहरीले उपत्यकाबाट ३ लाख २७ हजार, सुदूरपश्चिम प्रदेशबाट २ लाख ८७ हजार, लुम्बिनी प्रदेशबाट ४ लाख ७५ हजार, मधेश प्रदेशबाट १ लाख ३१ हजार र कोशी प्रदेशबाट २० हजार बराबरको पटका बरामद गरेको थियो ।

प्रहरीका अनुसार देशका विभिन्न जिल्लामा पटका बरामद हुने घटनाहरू तीव्र रूपमा बढिरहेका छन् ।  सुर्खेत र कञ्चनपुर मात्र नभई बर्दिया, कैलाली, धनुषा, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा पनि नियमित चेकजाँचमा विभिन्न प्रकारका पटका र विस्फोटक सामग्री बरामद भइरहेका छन् ।

त्यस्तै, प्रहरीका तथ्यांक अनुसार २०७९ को तिहार अवधिमा मात्र देशभरबाट ३१ लाख ६८ हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो । सो वर्षको तिहार अवधिमा प्रहरीले कर्णाली प्रदेशमा ९ लाख, लुम्बिनी प्रदेशमा ८६ हजार, मधेश प्रदेशमा १४ लाख र कोशी प्रदेशमा ७ लाख ७४ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको थियो । ०८० को तिहार अवधिमा देशभरबाट ३ लाख ४८ हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो । सो वर्षको तिहार अवधिमा प्रहरीले उपत्यकाबाट १ लाख ७४ हजार, लुम्बिनी प्रदेशबाट २० हजार, गण्डकी प्रदेशबाट ४९ हजार, मदेश प्रदेशबाट ८० हजार र कोशी प्रदेशबाट २४ हजार बराबरको पटका बरामद गरेको थियो । 

साथै, गत वर्षको तिहार अवधिमा देशभरबाट १२ लाख ४१  हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो । गत वर्षको तिहार अवधिमा प्रहरीले उपत्यकाबाट ३ लाख २७ हजार, सुदूरपश्चिम प्रदेशबाट २ लाख ८७ हजार, लुम्बिनी प्रदेशबाट ४ लाख ७५ हजार, मधेश प्रदेशबाट १ लाख ३१ हजार र कोशी प्रदेशबाट २० हजार बराबरको पटका बरामद गरेको थियो ।