काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।
आवेदन गर्न इच्छुक उम्मेदवारसँग चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, विश्वविद्यालय, संगठित संस्था वा अन्तर्राष्ट्रिय संघरसंस्थामा कम्तीमा १० वर्ष अधिकृत वा सोभन्दा माथिल्लाे पदमा अनुभव भएको हुनुपर्नेछ ।
उम्मेदवारले आवश्यक कागजातसहित आवेदन आउँदो कात्तिक १९ गतेभित्र काठमाडौं, बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सक्नेछन्।






About Us
प्रतिक्रिया