लगातार बढ्दै सुनको मूल्य, एक ताेलाकाे २ लाख ५० हजार ९ सय

२ हजार रुपैयाँले बढ्याे


काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।