काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २२.५८ अंकले घटेर २५ सय ५ दशमलव ५८ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा ०.१४ अंक बढेर २५ सय ५ दशमलव ७२ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा २२ कम्पनीले कारोबार गर्दा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।
यस सेसनमा ९ लाख ६७ हजार १११ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै यस सेसनभरिमा जम्मा ८ सय कित्ता शेयर मात्रै किनबेच भएको छ।






About Us
प्रतिक्रिया