काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिनेछ ।



About Us
प्रतिक्रिया