बैंकिङ्ग समाचार, काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । खरीदकर्ताहरूले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालयमा आफुने खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ ।
प्रतिक्रिया