नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से २२.५८ अंकले घटेर २५ सय ५ दशमलव ५८ को बिन्दुमा कायम भएको छ। आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको ७९ लाख ११ हजार ६६० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड २१ लाख रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यो कम्पनीका लगानीकर्ता लगानीकर्ताले ६.९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र  विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले १०/१० प्रतिशतका दरले  गुमाएका छन् ।