काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेशनलाई दिएको छ । राष्ट्र बैंकले बुधबार यसको ठेक्का दिने आशय पत्र जारी गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ४२ करोड थान नेपाली रुपैयाँ ५० का दरका नोट डिजाइन, छपाइ, आपूर्ति र वितरणका लागि ठेक्का दिने तयारी गरिएको हो।
उक्त ठेक्काको मूल्य १ करोड ४ लाख २२ हजार ५३५ अमेरिकी डलर २१ सेन्ट (झन्डै १ खर्ब ४७ करोड रुपैयाँ) बराबरको छ । केन्द्रीय बैंकका अनुसार सो प्रस्ताव अन्य प्रतिस्पर्धी प्रस्तावहरूमध्ये सबैभन्दा सस्तो र प्राविधिक रूपमा योग्य ठहरिएको छ। अर्थात् एउटा ५० को दरको नोट छपाइका लागि ३ रुपैयाँ ५० पैसा खर्च हुने भएको हो ।
राष्ट्र बैंकले यसअघि पनि विभिन्न मूल्यका नोट छपाइका लागि विदेशी कम्पनीहरूलाई ठेक्का दिने परम्परा कायम राख्दै आएको छ। ठेक्का स्वीकृत भएपछि कम्पनीले नोटको डिजाइन र सुरक्षा विशेषता सहितका नमुना तयार गरी राष्ट्र बैंकलाई बुझाउनेछ।






About Us
प्रतिक्रिया