काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १९ दशमलव ४३ अंकले घटेर २५ सय २८ दशमलव १६ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २५ सय २७ दशमलव ९२ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा २६ कम्पनीले कारोबार गर्दा १० कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको शेयर मूल्य घटेको छ । यस सेसनमा ८ लाख ९५ हजार ८८७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै २ हजार ९२० कित्ता शेयर किनबेच भएको छ।






About Us
प्रतिक्रिया