बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २९ गते बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ४ दिनको लागि बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले आज तीन बजेसम्म अनलाइनमार्फत बोलकबोल हुने बताएको छ । राष्ट्र बैंककाअनुसार यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुने बताएको छ ।

यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

केन्द्रीय बैंककाअनुसार निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।