काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से १९.४३ अंकले घटेर २५ सय २८ दशमलव १६ को बिन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुभम् पावर कम्पनी र ग्रामिण विकास लघुवित्तको लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ता लगानीकर्ताले १०/१० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले गुमाएका छन् ।






About Us
प्रतिक्रिया