बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्त नियुक्त भएका छन् ।
कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई नियुक्त गरेको हो ।
यस अघि सचिव पदमा संस्थामा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरी थिए । सञ्चालक समितिको बैठकले साउन २३ गतेबाट लागु हुनेगरी जग्य प्रसाद पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया