बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ जारी गरेको छ । बैंकले सर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।
साथै, एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाउने, यस्तो सुविधा २४ घण्टा पाइने, बैंकिङ्ग प्रणालीबाट बैंकका ग्राहकले आफू लगायत परिवारजनको डिम्याट तथा मेरो शेयर खाता २४ कार्यघण्टा भित्रै खोल्न सकिने, बैंकका ग्राहकले घरमै बसी अनलाइनबाट शेयर कारोबार गर्न सक्ने, eSewa, Khalti र connectIPS मार्फत अनलाइनबाटै नवीकरण गर्न सकिने लगायतका सुविधाको व्यवस्था गरेको छ ।
प्रतिक्रिया