काठमाडौं – हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले अभिकर्ताको अनावश्यक दबाब सृजना गरेपछि पदबाट राजीनामा दिएका छन् । हिमालयन लाइफका कर्मचारी विगत केही समयदेखि न्यूनतम कमिसन ५० प्रतिशत पुर्याउनुपर्ने मागसहित नेतृत्वमाथि दबाब बनाइरहेका थिए ।
कम्पनीले बेच्ने ‘प्रडक्ट’मा ६५ प्रतिशतसम्म पनि कमिसन छ । तर, एक/दुई वटा प्रडक्टको कमिसन शुल्क ५० प्रतिशतभन्दा न्यूनतम थियो । तर, सबै प्रडक्टमा कम्तीमा ५० प्रतिशत कमिसन अनिवार्य गरेपछि कर्णलाई दबाब सृजना भइरहेको थियो ।
अभिकर्ताले दिइरहेको दबाबमा कम्पनीका कर्मचारी युनियन समेत मिसिएका थिए । उनीहरूले समेत अभिकर्ताको मागलाई साथ दिएका थिए । जससँगै, अभिकर्तासँगै कर्मचारीले समेत अनावश्यक दबाब दिन थालेपछि कर्णले कम्पनीबाट बाहिरिनु नै उचित ठानेका हुन् ।
सीईओ कर्ण भने अभिकर्ताको मागअनुसार कम्पनीले सम्बोधन तथा निर्णय गर्दा समस्या उत्पन्न हुने भन्दै सम्पूर्ण माग सम्बोधन नगर्ने पक्षमा थिए । तर, पछिल्लो समय कर्मचारीसँगै अभिकर्ता र सञ्चालकले समेत दबाब दिन थालेपछि कम्पनीबाट बाहिरिएको स्रोतले बतायो । हिमालयन लाइफबाट बाहिरिएपछि आगामी ६ महिना कुलिङ पिरियडमा बस्नुपर्ने व्यवस्था छ।






About Us
प्रतिक्रिया