पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभ्ने तयारीमा, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति


काठमाडौं – पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड गाभ्ने प्रक्रिया अघि बढाएका छन्। नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई गाभ्ने तथा गाभिने प्रयोजनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।

पोखरा फाइनान्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको सूचनामा उल्लेख अनुसार राष्ट्र बैंकले २७ असोजमा सैद्धान्तिक सहमति दिएको हो।

राष्ट्र बैंकले दुवै फाइनान्स कम्पनीलाई तीन महिनाभित्र विशेष साधारण सभा बोलाई आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि निवेदन दिन निर्देशन दिएको छ।

यो सैद्धान्तिक सहमतिपछि दुवै कम्पनीबीचको एकीकरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। पोखरा फाइनान्स लिमिटेडले ०५३ साल देखि ‘ग’ वर्गको इजाजतपत्रसहित सेवा सञ्चालन गर्दै आएको हो।