हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ कर्णले दिए राजीनामा


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिएका छन् । कर्णले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको ५४ औं बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको छ ।